काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले मङ्सिर २२ गतेदेखि आफ्नो पहिलो सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर सार्वजनिक गर्ने तयारी गरेको हो ।
यसमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ । विदेशमा कार्यरत नेपालीहरूले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । उक्त आइपिओ छिटोमा मङ्सिर २५ गते र ढिलोमा पुस ७ गतेसम्म खुला रहनेछ ।
लगानीकर्ताले धितोपत्र बोर्डमा दर्ता भएका सबै आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू तथा मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त गरिएको छ ।
प्रतिक्रिया