एक महिनापछि सार्वजनिक भएका लेखकले भने- कानुनी शासनको मान्यताबाट मात्रै अघि बढौं

शुक्रबार, २४ असोज २०८२

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले कानुनी शासनको मान्यताभित्र बसेर काम अघि बढाउन सरकार र जाँचबुझ आयोगलाई आग्रह गरेका छन् ।

 २३ गते भएको प्रदर्शनपछि शुक्रबार पहिलोपटक सार्वजनिक भएका लेखकले आग्रह, पूर्वाग्रह र प्रतिशोधबाट माथि हटेर काम अघि बढाउनुपर्ने बताए ।

‘२३ र २४ गतेको घटनाको छानबिनका लागि आयोग बनेको छ । म अहिले के मात्र आग्रह गर्न चाहन्छु भने ‘सरकार, आयोग, राजनीतिक दलहरूले हाम्रा लोकतान्त्रिक मूल्य मान्यता छन्, ती पद्धतिभित्र बसेर मुलुकको संविधान र कानुन बमोजिम आ–आफ्ना काम सम्पन्न गर्नुपर्छ ।’

कानुनी शासनमा बसेर काम गर्दा नै ठिक ठाउँमा पुग्न सकिने उनको भनाइ थियो ।

‘सबैलाई कानुनी शासनको मान्यताभित्र बसेर आफ्ना काम अघि बढाऔं भन्ने मेरो आग्रह छ । त्यसैले हामी ठिक ठाउँमा पुग्न सक्छौं,’ लेखकले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार