झापा : जेनजी युनाइटेड मुमेण्टले राष्ट्रिय परिवर्तन पार्टीलाई समर्थन गर्ने भएको छ ।
मुमेन्टले बिर्तामोडमा आज बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जेनजी आन्दोलनका घाइते राजेश पोर्तेलको नेतृत्वमा रहेको पार्टीलाई समर्थन गर्ने जनाएको हो ।
चुनावको समयमा कुनै न कुनै पार्टीलाई समर्थन गर्नु पर्ने भएकाले जेनजीका घाइतेकै नेतृत्वमा रहेको पार्टी भएकाले आफूहरूले राष्ट्रिय परिवर्तन पार्टीलाई समर्थन गरेको जेनजी युनाइटेड मुमेन्टकी झापा संयोजक अञ्जना राईले बताइन् ।
राष्ट्रिय परिवर्तन पार्टीले जेनजी आन्दोलनको मर्म बुझ्ने , सहिदहरूको सपना साकार गर्ने, योजना अघि सारेकाले समर्थन गरेको उनको भनाई छ ।
‘ हाम्रो उद्देश्य चुनाव अघि नै जेनजी आन्दोलनका मुद्दाहरू सम्बोधन गराउने थियो ’ संयोजक राईले भनिन् – तर सरकारले देशलाई जबरजस्ती चुनाव तर्फ होमिदिएपछि ति मुद्दा ओझेलमा नपरुन् भनेर ढिलै भएपनि पार्टी दर्ता गरी मङ्सिर २७ गते औपचारिक घोषणा गर्ने निर्णय गरेका छौँ ।
घोषणा सभा कमल गाउँपालिकास्थित आदिवासी जनजाति रंगशालामा गरिने बताइएको छ । उनका अनुसार हालसम्म देशभरबाट ३३ हजार सात सय ५७ जना जेनजी युवाहरूको समर्थन रहेको छ ।
पत्रकार सम्मेलनमा राष्ट्रिय परिवर्तन पार्टीका कोषाध्यक्ष उषा लक्ष्मी तुम्बाहाम्फे, सदस्य जीवन बस्नेत, जेनजी मुमेन्टका रिचन वान्तवा राई, सोफिया विक लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया