डोनाल्ड ट्रम्पले हात पार्न कडा लबिङ गरेको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारियालाई

शुक्रबार, २४ असोज २०८२
काठमाडौं : यो वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिया कोरीना माचाडोले प्राप्त गर्ने भएकी छन् ।  

नर्वेजियन नोबेल समितिले मारिया कोरीना माचाडोलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । ‘बढ्दो अन्धकारको विरुद्ध लोकतन्त्रको ज्योति बलिरहने’ काममा सहयोग गरेको उल्लेख गर्दै उनलाई नोबेल पुरस्कार प्रदान गरिने भएको हो ।  

शुक्रबार ओस्लोमा आयोजित एक समारोहमा पुरस्कारको घोषणा गर्दै, समितिले माचाडोको ‘तानाशाहीबाट लोकतन्त्रतर्फ न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरणको लागि संघर्ष’ को प्रशंसा गर्‍यो।

भेनेजुएलाका जनताको लोकतान्त्रिक अधिकारको प्रवर्द्धनका लागि गरिएको उनको निरन्तर प्रयास र तानाशाहीबाट लोकतन्त्रमा न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरणको लागि गरिएको संघर्षको कारण प्रदान गरिएको सामाजिक सञ्जाल एक्समा एक्समा नोबेल समितिले उल्लेख छ ।

मारिया कोरीना माचाडो भेनेजुएलाकी विपक्षी नेतृ हुन्। उनी गएको वर्षको राष्ट्रपति चुनावमा उम्मेदवारी दिनबाट रोकिएकी थिइन्, जुन चुनावलाई अन्तर्राष्ट्रिय रूपमा न स्वतन्त्र न निष्पक्ष भनेर व्यापक रूपमा खारेज गरिएको थियो ।  

नोबेल शान्ति पुरस्कारबाट चुके ट्रम्प  

नोबेल शान्ति पुरस्कारका लागि कडा प्रयास र लबिङ गरे पनि डोनाल्ड ट्रम्प यसपटक बञ्चित भएका छन् । नोबेल शान्ति पुरस्कार पाउने ट्रम्पको मनोकांक्षा पूरा भएको छैन ।  

नर्वेजियन नोबेल समितिले पुरस्कार भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई प्रदान गरेपछि ट्रम्पको मनोकांक्षा अधुरै रहेको हो ।  

नोबेल समितिको भूमिकाअनुसार शान्ति पुरस्कार त्यस्ता व्यक्ति वा समूहलाई दिइन्छ जसले राष्ट्रहरूबीच भाइचारा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएका छन्, जुन अल्फ्रेड नोबेलको इच्छाअनुसार तय गरिएको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार