धरान । धरान–१६ सिटि चिल्ड्रेन हाउस मन्टेश्वरी तथा ट्रेनिङ सेन्टरले मानव सेवा केन्द्र धरानमा सामाजिक सहयोग कार्यक्रम आयोजना गरेको छ। मंसिर २६ गते बिहान सम्पन्न कार्यक्रममा आश्रममा बसेका २७ जना बुवालाई बिहानको खाना खुवाउँदै फलफूल पनि वितरण गरिएको थियो।
मन्टेश्वरीकी निर्देशक ओमु राईका अनुसार विद्यार्थीहरूलाई “मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने शिक्षा र संस्कार सिकाउने उद्देश्यले यो प्रयोगात्मक कार्यक्रम आयोजना गरिएको हो। “नानीबाबुहरूले सामाजिक उत्तरदायित्व र सहानुभूतिको महत्व बुझ्न सकून् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेका हौं” उनले भनिन् ।
मानव सेवा आश्रमका जिल्ला संयोजक निर्मला दर्लामीका अनुसार हाल आश्रममा बुवाहरूलाई मात्रै आश्रय दिइँदै आएको छ, तर आमाहरूका लागि छुट्टै भवन निर्माणको तयारी भइरहेको छ।
_jCt3tjhqLv.jpg)
कार्यक्रमले विद्यार्थीहरूलाई सामाजिक सेवा र मानवताको महत्व बुझाएको छैन, आश्रमका बुवाहरूलाई पनि सहयोग र सद्भावको अनुभव दिलाएको छ।
प्रतिक्रिया