आज ४ जना नयाँ मन्त्री थपिँदै, को-को हुँदैछन् नियुक्त ?

शुक्रबार, २६ मंसिर २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । आज ४ जना नयाँ मन्त्री थप्ने तयारी गरिएको स्रोतले जनाएको छ ।

आज गरिने मन्त्रीपरिषद् विस्तार कार्की प्रधानमन्त्री भएपछि चौथोपटक हुनेछ । स्रोतका अनुसार कुमार इङनाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ मन्त्री नियुक्त हुँदैछन् ।

श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईंलाई वन, भण्डारीलाई श्रम र इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

मन्त्रीहरूको शपथ पनि आजै हुने सम्भावना छ । बिहीबार मात्रै प्रधानमन्त्रीले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरेकी थिइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार