काठमाडौँ :नेकपा (एमाले)ले आफ्नो एघारौं महाधिवेशन मंसिर महिनाको अन्तिम सातामा गर्ने निर्णय गरेको छ।
आइतबार भक्तपुरको गुण्डुमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महाधिवेशन यही मंसिर अन्त्यतिर आयोजना गर्ने निर्णय गरेको हो। उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार मिति र स्थान भने केन्द्रीय कमिटी बैठकबाट टुंगो लगाइनेछ।
एमालेको केन्द्रीय कमिटी बैठक आगामी असोज २९ गतेदेखि बस्ने तय भएको छ। सो बैठकले महाधिवेशन तयारीका कार्यक्रम, संगठन सुदृढीकरण र प्रदेशस्तरका बैठकबारे निर्णय गर्नेछ।
त्यस्तै, संसद् विघटन असंवैधानिक भएको भन्दै एमालेले अदालत जाने निर्णय पनि गरेको छ। सचिवालय बैठकले अदालत खुल्नासाथ प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित मुद्दा दायर गर्ने तयारी गरेको हो।
उपमहासचिव ज्ञवालीका अनुसार पार्टीले संविधानको संरक्षण र लोकतान्त्रिक अभ्यासका लागि कानुनी बाटो अपनाउने निर्णय गरेको हो।
प्रतिक्रिया