काठमाडौं : गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’लाई जिल्ला अदालत काठमाडौंले ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
न्यायाधीश खिमानन्द भुसालको इजलासले मंगलबार चक्रेसहित १९ जनालाई धरौटीमा छाड्ने आदेश गरेको हो। चक्रेसँगै रोजेश खड्कालाई पनि ३० हजार धरौटीमा छाड्ने आदेश गरिएको छ।
अन्य १७ जनाको हकमा भने १० हजारदेखि २० हजार रुपैयाँसम्मको धरौटी तोकिएको अदालतले जनाएको छ। आदेशपछि सबै आरोपितहरू धरौटी बुझाएर रिहा हुने प्रक्रियामा लागेका छन्।
प्रतिक्रिया