रामहरि खतिवडाले बुझाए सभामुखलाई राजीनामा पत्र

बुधबार, २८ साउन २०८२

काठमाडौं : प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका छन् । सांसद खतिवडाले लिखित राजीनामा पत्र सभामुख देवराज घिमिरेसमक्ष बुझाएका हुन्  ।

बुधबार साउन २८ गतेबाट लागू हुने गरी उनले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका हुन् । 

उनले मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम राजीनामा दिएका हुन् । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार