इटहरी : बंगलादेशको जसोर युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा सम्पन्न BKO Cup 2025 – 6th International Open Karate Championship मा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ।
अक्टोबर ९ देखि ११ सम्म चलेको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा भारत, भूटान, श्रीलंका, जापान र बंगलादेशलगायत विभिन्न राष्ट्रका खेलाडीहरूले सहभागिता जनाएका थिए।
उत्कृष्ट प्रदर्शन गर्दै नेपालले पहिलो टिम पोजिसन (1st Team Position) हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उज्यालो बनाएको हो।
यस गौरवशाली उपलब्धिमा सुनसरीको इटहरीस्थित Modern Preparatory Secondary Boarding School का दुई प्रतिभाशाली विद्यार्थीले स्वर्ण पदक जित्दै विशेष योगदान दिएका छन्।
खुशी बिष्ट – महिला कुमिते +45 किलो (१२–१४ वर्ष समूह)
शिल्पा श्रेष्ठ – महिला कुमिते 40 किलो (१२–१४ वर्ष समूह)
विद्यालयका अनुसार, उनीहरूको अनुशासन, निरन्तर अभ्यास र दृढ संकल्पले विद्यालय मात्र नभई सम्पूर्ण नेपाललाई गौरवान्वित बनाएको छ।
अन्तर्राष्ट्रिय स्तरमा प्राप्त यो सफलता नेपाली कराते खेलको स्तर, प्रतिभा र क्षमताको उज्ज्वल उदाहरणका रूपमा लिइएको छ। विद्यालयले विजेता खेलाडीहरूलाई बधाइ तथा आगामी दिनहरूमा अझ ठूलो सफलता र सम्मानको शुभकामना व्यक्त गरेको छ।
प्रतिक्रिया