जारी आईसीसी पुरुष टी–२० विश्वकप एसिया–इस्ट एसिया–प्यासिफिक क्षेत्रीय छनोटको सुपर सिक्स चरणमा नेपालले ओमानविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।
नेपालका कप्तान रोहित पौडेलले टस जित्दै आक्रमक सुरुवात गर्ने उद्देश्यले ब्याटिङ रोजेका हुन् । योसँगै ओमानले पहिला बलिङ गर्ने भएको छ ।
पहिले नै विश्वकप २०२६ का लागि छनोट भइसकेका नेपाल र ओमानबीचको आजको खेल समूहको शीर्ष स्थान सुरक्षित गर्न निर्णायक मानिएको छ ।
आजको खेलमा नेपाली टिमले एक परिवर्तन गरेको छ — नियमित बलर सन्दीप जोराको स्थानमा लोकेश बमलाई टोलीमा समावेश गरिएको छ ।
नेपाल र ओमान दुबैले विश्वकपको यात्रा भने तय गरिसकेका छन् ।
प्रतिक्रिया