इटहरी : छैटौँ अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा इटहरी–४ का अष्टिन उप्रेतीले स्वर्णपदक प्राप्त गरेका छन् ।
बङ्गलादेशको राजधानी ढाकामा अक्टोबर ९ देखि ११ तारिखसम्म सम्पन्न प्रतियोगितामा उप्रेतीले स्वर्णपदक जितेका हुन् ।
उप्रेतीसँगै रेइन थापा, सन्दीप चौधरी, बिन्दा तामाङ, खुसी श्रेष्ठ, शिल्पा श्रेष्ठ र श्याम चौधरीले पनि स्वर्णपदक हासिल गरेका छन् ।
बङ्गलादेश कराँते अर्गनाइजेसनको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा नेपाल, भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश र जापानका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।
उक्त च्याम्पियनसिपमा प्रशिक्षक सागर राउतसहित ४० केजी तौल समूहबाट अष्टिन उप्रेती र शिल्पा श्रेष्ठ, ४५ केजी तौल समूहबाट राहुल हरिजन, रेइन थापा र बिन्दा तामाङ सहभागी भएका थिए ।
प्रतिक्रिया