विश्वकप छनोट : कुवेतबिरुद्ध नेपाल टस हारेर ब्याटिङ गर्दै

बुधबार, २२ असोज २०८२

काठमाडौं : नेपालले आज आइसीसी पुरुष टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतसँग खेल्दैछ।

कुवेतले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ, जसका कारण नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।

नेपाल समूह ‘बी’ मा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्दैछ।

यो छनोट प्रतियोगितामा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रका ९ टोली सहभागी छन्, जसबाट तीन देश विश्वकपका लागि छनोट हुनेछन्।

एसअघि आजै भएका खेलमा ओमान र युएईे आफ्नो जीत दर्ता गराइसकेका छन् । ओमानले साओमा र युएइले कतारलाई हराएका हुन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार