दमकबाट लागूऔषधसहित एक युवा पक्राउ

सोमबार, २२ मंसिर २०८२

झापा:  झापाको दमक नगरपालिका–५ बस्ने १९ वर्षीय नीरज मुखिया लागूऔषधसहित पक्राउ परेका छन्। 

मोरङको  विराटनगर–१ स्थायी घर भएका मुखियालाई विशेष सूचनाका आधारमा दमकस्थित डेरामा बसिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

प्रहरीको टोलीले कोठा खानतलासी गर्दा विभिन्न प्रकारका लागूऔषध फेला परेको प्रहरीले बताएको छ। 

प्रहरीले उनको साथबाट खैरो हेरोइन सहितका लागू औषध बरामद गरेको जिल्ल प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार