रामधुनीमा सिटी सफारी चालकको हत्या, गोली प्रहारको आशंका

शनिबार, २५ असोज २०८२

इनरुवा : सुनसरीको रामधुनी नगरपालिका–२ कर्मनिया टोलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाका अनुसार, शनिबार साँझ भित्रि सडकखण्डमा मृत अवस्थामा भेटिएका व्यक्ति प्रदेश १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारीका चालक ४५ वर्षीय दिनेश कुमार चौधरी हुन् ।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेबे नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । प्रारम्भिक अनुसन्धान अनुसार, चौधरीको बायाँ छातीमा गोली प्रहार गरी हत्या गरिएको जस्तो देखिन्छ । यद्यपी प्रहरीले अनुसन्धान गरिरहेको र पोष्टमार्टम रिपोर्ट आउन समेत बाँकी रहेको छ ।

मृतक चौधरीको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ । प्रहरीले घटनाको कारण र संलग्न व्यक्ति वा समूहको पहिचानका लागि थप अनुसन्धान तीव्र पारिएको जनाएको छ ।

सुनसरी प्रहरीले घटनाको प्रकृति आपराधिक रहेको भन्दै दोषी पहिचान र पक्राउका लागि सर्च अपरेसन सुरु गरेको जानकारी दिएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार