हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन्। मंगलबार साँझ बसेको प्रदेश सभाको बैठकमा उनले ६३ मत प्राप्त गर्दै बहुमत कायम गरेका हुन्।
१ सय १० सदस्यीय प्रदेश सभामा बानियाँ साउन २० गते नेकपा एमाले–कांग्रेस गठबन्धनबाट मुख्यमन्त्री बनेका थिए। तर कांग्रेसभित्रै निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षधर सांसद असन्तुष्ट भएपछि मंगलबार दिउँसो ४ बजे तोकिएको विश्वासको मत लिने तालिका पछि सारिएको थियो।
कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनपछि असन्तुष्ट पक्ष हेटौँडा आएर संसदीय दलको बैठक बसेर एकमत भएपछि बानियाँलाई सहज भएको हो। प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन्। यस्तै, प्रतिपक्षी नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३ (सभामुखसहित), नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।
प्रतिक्रिया