गुराँस लघुवित्तको दशौं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश वितरण

आइतबार, २३ कार्तिक २०८२

काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार धनकुटा–१ हिलेस्थित कान्जिरोवा मकालु होटलमा सम्पन्न सभामा संस्थाका अध्यक्ष उदयनारायण बरालले अध्यक्षता गरेका थिए ।

सभाले आर्थिक वर्ष २०८१/८२ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । साथै, सोही वर्षको संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षित वित्तीय विवरण, र संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि पारित गरिएको छ ।

adkxa

त्यस्तै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरिएको छ भने संस्थापक शेयरधनी तर्फबाट प्रतिनिधित्व गर्ने संचालकहरूमा उदयनारायण बराल, मदन खतिवडा, विजय कुमार दाहाल र डा. मनिष अर्याललाई पुनः नियुक्त गरिएको छ ।

सभामा सहभागी शेयरधनीहरूले संस्थाको निरन्तर प्रगति र विस्तारका लागि शुभकामना व्यक्त गरेका छन् । कोशी प्रदेश स्तरीय कार्यक्षेत्र रहेको गुराँस लघुवित्तले ३६ शाखा कार्यालयमार्फत करिब २४ हजार ग्रामीण तथा मध्यम वर्गीय परिवारलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।

WhatsApp Image 2025-11-09 at 21.10.35 (1)WhatsApp Image 2025-11-09 at 21.10.35WhatsApp Image 2025-11-09 at 21.10.36

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार