काठमाडौँ : जेन–जी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका ५,५४७ कैदीबन्दीको नामावली कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको छ।
गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार फरार कैदीबन्दीहरूको नामावली सार्वजनिक गरिएको हो। मन्त्रालयले यसअघि नै फरार बन्दीहरूलाई खोजी, नियन्त्रण र पक्राउ गर्न जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरिसकेको छ।
कारागार व्यवस्थापन विभागले सार्वजनिक नामावली मार्फत फरार कैदीबन्दीहरूको पहिचान र निगरानीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ। विभागका अनुसार, सो सूची सार्वजनिक भएसँगै सम्बन्धित जिल्लाहरूले तत्काल कदम चालेर फरार बन्दीको खोजी र नियन्त्रणमा लगाउने तयारी गरिरहेका छन्।
सूची :-
प्रतिक्रिया