झापामा सिक्री चोरलाई रामधुलाई गरेर अस्पताल भर्ना गरिएपछि........

आइतबार, २६ असोज २०८२

झापा : झापाको गौरादहमा सिक्री चोरीको आरोपमा एक युवक स्थानीयको कुटाइमा परेपछि अस्पताल भर्ना भएका छन्।

गौरादह नगरपालिका–१ निवासी मेनुका काफ्लेको सिक्री चोरी गरी भाग्ने क्रममा पर्सा जिल्ला जगन्नाथ गाउँपालिका निवासी अमित राय स्थानीयद्वारा समातिएका थिए।

रायलाई नियन्त्रणमा लिएर स्थानीयले कुटपिट गरेका थिए। कुटाइबाट घाइते भएका उनलाई तत्काल गौरादह नगर अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ भने चोरीमा संलग्न अन्य व्यक्तिको खोजी जारी रहेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार