सङ्घर्ष र सफलताको कथा सुन्दै युवाको मनमा ‘युथ टक’ले थपेको नयाँ ऊर्जा

बुधबार, २८ साउन २०८२

सुुन्दरहरैंचा : मोरङको सुन्दरहरैचास्थित एक होटल मंगलबार साँझ युवाको उत्साह, प्रेरणा र सकारात्मक सोचले भरिएको थियो । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा उद्यमी मञ्च सुनसरीले आयोजना गरेको सङ्घर्षसँगै सफलताको कथासंग जोडिएको युथ टक सिरिजमा विभिन्न क्षेत्रमा नाम कमाएका उद्यमी र व्यवसायीहरूले आफ्नो जीवनयात्रा, चुनौती र उपलब्धिहरू खुलेर सुनाए ।

कार्यक्रमको मंचमा समृद्धि ज्ञवाली, एमडी–नेपोल रिपब्लिक मिडिया लिमिटेड; सुयश प्याकुरेल, अध्यक्ष–एमएम ग्रुप अफ कम्पनीज; संजोग कोइराला, संस्थापक–आइडियाप्रेन्योर नेपाल; र डा. दिनेश प्रसाईं, समाजशास्त्री तथा एमडी–होटल जोइल मोहोल उपस्थित थिए । उनीहरूले आफ्नो–आफ्नो क्षेत्रमा कसरी प्रारम्भिक संघर्ष पार गर्दै अवसर सिर्जना गरे र अहिलेको सफलता प्राप्त गरे भन्नेबारे भावपूर्ण तरिकाले प्रस्तुत गरेका थिए ।

पत्रकारिता र मिडियामा समृद्धि ज्ञवालीको यात्रा, बहुआयामिक व्यापारिक क्षेत्रमा सुयश प्याकुरेलको उचाइ, उद्यमशीलताको नयाँ परिभाषा दिँदै संजोग कोइरालाले तय गरेको बाटो, र समाजशास्त्रसँगै पर्यटन व्यवसायमा डा.दिनेश प्रसाईंको योगदान—यी सबै कथा केवल प्रेरणादायी मात्र होइन, युवालाई मार्गदर्शन दिने जीवन्त उदाहरण बनेका छन् । 

May be an image of 7 people, people studying and text

कार्यक्रममा सहभागि भएका युवा विद्यार्थी रिजेन भट्टराईले यस्ता मञ्चहरुले युवाहरुमा उत्साह पैदा गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।

‘नकारात्मक कुराहरुकै विचमा पनि सकारात्मक कुराहरु भए भने युवाहरुमा उत्साह पैदा हुन सक्छ ।’ उनले भने । 

नेपाल युवा उद्यमी मञ्च सुनसरीका अध्यक्ष राजीव घिमिरेले अन्तर्राष्ट्रिय युवा दिवसलाई अर्थपूर्ण बनाउन यस्तो कार्यक्रमको आयोजना गरिएको बताए । उनका अनुसार, सफल व्यक्तिहरूको कथा सुन्न पाउनु युवाको लागि कक्षाकोठा बाहिरको अमूल्य सिकाइ हो । यसले उनीहरूलाई असफलतालाई अवसरको रूपमा लिन र आफ्ना सपनालाई वास्तविकतामा बदल्न थप साहस दिन्छ ।

yuth

कार्यक्रममा विद्यार्थी, युवा व्यवसायी र उद्यमीहरूको सक्रिय सहभागिता थियो । उनीहरूले प्यानेलिस्टहरूसँग प्रत्यक्ष प्रश्न सोध्दै आफ्नो जिज्ञासा समाधान मात्र गरेनन्, आफ्नो क्षेत्रमा पनि केही नयाँ सुरु गर्ने हौसला पाएको अनूभुति समेत प्राप्त गरेका छन् । 

यस्ता प्रेरणादायी संवादले युवामा सकारात्मक सोच, आत्मविश्वास र समाजप्रतिको जिम्मेवारीबोध बढाउने भएकाले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । मञ्चले पनि आगामी दिनमा यस्तै युवा लक्षित, अनुभव साझेदारी र व्यावहारिक ज्ञान प्रदान गर्ने कार्यक्रमलाई नियमित रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

utha
WhatsApp Image 2025-08-13 at 10.09.55 AM

प्रतिक्रिया

खेमराज सापकोटा
लेखकको बारेमा
खेमराज सापकोटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार