इटहरीका पूर्वनगरप्रमुख द्ववारिकलाल चौधरीको आरोप, ‘समयमै बजेट नल्याएर नगरवासीको भविष्यमाथि खेलबाड’

बुधबार, २८ साउन २०८२

इटहरी : इटहरी उपमहानगरपालिकाका पूर्वनगरप्रमुख द्ववारिकलाल चौधरीले वर्तमान नगरप्रमुख हेमकर्ण पौडेललाई समयमै बजेट नल्याएर नगरवासीको भविष्यमाथि खेलबाड गरेको आरोप लगाएका छन्।

बुधबार इटहरीका पूर्वजनप्रतिनिधि, नागरिक समाज, प्राज्ञिक तथा बौद्धिक वर्गको सहभागितासहित पत्रकार सम्मेलन गर्दै चौधरीले नगरप्रमुख पौडेल र अन्य जनप्रतिनिधि अनियमिततामा संलग्न रहेको दाबी गरे। उनले आफू अनुकूल बजेट पास नभएपछि नगरपालिकालाई बजेटविहीन अवस्थासम्म ल्याइएको आरोप लगाए।

चौधरीका अनुसार उपमहानगरपालिका अपारदर्शी तरिकाले सञ्चालन भइरहेको छ। जनप्रतिनिधिहरू सार्वजनिक सुनुवाइ नगरी प्रश्नबाट भागिरहेको उनले बताए। साथै, यसअघि सुरु भएका योजनाहरू अलपत्र पारेर वर्तमान नेतृत्व महत्वाकांक्षी योजना र खरिद मोहमा लिप्त भएको उनको आरोप छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार