झापामा लडेर एक व्यक्तिको मृत्यु

सोमबार, २७ असोज २०८२

झापा : झापाको अर्जुनधारा नगरपालिका–५ कञ्चनबारीमा लडेर एक व्यक्तिको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृतक इलामको फिक्कल घर भएका ३५ वर्षीय चन्द्र लाप्चा हुन्। उनी मिस्त्रीको काम गर्ने व्यक्ति भएको जनाइएको छ।

आइतबार दिउँसो कञ्चनबारीस्थित भित्री कच्ची सडक खण्डको सडक किनारमा लाप्चाको शव फेला परेको हो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय अनारमनिको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धानका लागि शवलाई मेची प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार