मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथग्रहण आज

आइतबार, २१ मंसिर २०८२

इटहरी । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन्। प्रदेश प्रमुखसमक्ष शपथ लिएपछि उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्।

कांग्रेस संसदीय दलका नेता यादवलाई ७७ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ। यही बहुमतका आधारमा गत शुक्रबार उनलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।

यसअघि नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मंसिर १७ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै कांग्रेस संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि नियुक्त गरेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार