नेपाली कांग्रेस झापाद्वारा निर्वाचन परिचालन र प्रचार–प्रसार समिति गठन

बुधबार, २१ माघ २०८२

झापा । नेपाली कांग्रेस झापाले निर्वाचन परिचालन, अनुगमन तथा मूल्याङ्कन समिति र जिल्लास्तरीय निर्वाचन प्रचार–प्रसार समिति गठन गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीको संयोजकत्वमा निर्वाचन परिचालन, अनुगमन तथा मूल्याङ्कन समिति र जिल्लाका कार्यबाहक सभापति शेरबहादुर भट्टराईको संयोजकत्वमा जिल्लास्तरीय निर्वाचन प्रचार–प्रसार समिति गठन गरेको हो ।

पार्टीका झापाका कार्यबाहक सभापति भट्टराईको सभापतित्वमा आज सम्पन्न पदाधिकारीे बैठकले समिति गठन गरेको हो । निर्वाचन परिचालन, अनुगमन तथा मूल्याङ्कन समितिमा पार्टीका केन्द्रीय, पूर्व केन्द्रीय सदस्य, कोशी प्रदेश समितिका पदाधिकारी, सदस्य, सांसद–पूर्व सांसद, जिल्ला कार्यसमितिका पदाधिकारी, पार्टीका पूर्व पदाधिकारीहरु सदस्य रहने जनाइयो  ।

निर्वाचन प्रचारप्रसार समितिमा पनि सोही अनुसारका पदाधिकारीहरु रहने निर्णय गरिएको समेत जानकारी गराइयो । त्यसैगरी जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, पार्टीका पूर्व पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय समितिका पदाधिकारी सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय÷कोशी प्रदेश पदाधिकारी÷सदस्यहरु र जिल्ला कार्य समितिका अध्यक्षहरु सदस्य रहनेछन् । यसैगरी गाउँ÷नगर समितिका पदाधिकारी, वडासभापतिहरु सदस्य रहनेछन् ।

यसैबीच नेपाली कांग्रेसमा आबद्ध भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुले पार्टीका उम्मेद्वारलाई विजयी गराउन आ–आफ्नो क्षेत्रबाट निर्वाचन प्रचार–प्रसारलाई तीब्र बनाउने प्रतिबद्धता जनाएका छन् ।
नेपाली कांग्रेस झापाको संयोजनमा सम्पन्न भातृ तथा शुभेच्छुक संघसंस्थाका केन्द्रीय पदाधिकारी÷सदस्य एवं जिल्ला पदाधिकारीहरुको भेलाका सहभागीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

सामाजिक सञ्जाल लगायतका भ्रामक प्रचारको भ्रममा नपर्न र संगठनबाट विचलित नभई इमान्दार रुपमा निर्वाचन परिचालनमा खटिन सम्पूर्ण कार्यकर्तालाई झापा कांग्रेसले आह्वान गरेको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार