उदयपुरको पहाडी क्षेत्रमा उत्पादित सुन्तला , जुनार र कागती बिक्रीबाट यस वर्ष ३१ करोड बढी आम्दानी

बुधबार, २१ माघ २०८२
फाइल फोटो

उदयपुर : उदयपुर जिल्लाका पहाडी क्षेत्रमा उत्पादित सुन्तला ,जुनार र कागती यस वर्ष ३१ करोड १८ लाख ५० हजार रुपैयाँको किसानहरुले विक्री गरेका छन्। जिल्लाका पहाडी क्षेत्रमा उत्पादित सुन्तला ,जुनार र कागतीको विक्रीबाट किसानहरुले ३१ करोड बढीको आम्दानी गरेको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको हो । 

केन्द्रका प्रमुख योगेन्द्रप्रसाद यादवका अनुसार ग्रामीण सडक सञ्जाल विस्तारसँगै बजार पहुँच सहज बनेपछि हिउँदे फलफूल खेती तीव्र रूपमा उदयपुरका पहाडी क्षेत्रमा फैलिएको छ । हाल जिल्लाभर ५४५ हेक्टर क्षेत्रफलमा सुन्तला, जुनार र कागती खेती भइरहेको समेत प्रमुख यादवले जानकारी दिए । यादवले पाँच वर्षको तुलनामा तुलनामा झण्डै दोब्बर क्षेत्रफलमा जुनार ,सुन्तला , कागती जस्ता फलफूलहरु खेती गरिन थालिएको छ ।

यस वर्ष ४७० हेक्टरमा सुन्तलाबाट मात्रै २७ करोड ९६ लाख रुपैयाँ , ६४ हेक्टरमा जुनार खेतीबाट ३ करोड १५ लाख र ११ हेक्टरमा कागतीबाट करिब ७० लाख रुपैयाँ आम्दानी किसानहरुले गरेको समेत जनाइएको छ । 

सुन्तला जोन कार्यक्रमले फलफूल खेती विस्तार र उत्पादन वृद्धिमा महत्वपूर्ण योगदान दिएको कृषि ज्ञान केन्द्र तथा जोन प्राविधिक इकाइ गाईघाटले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार