इटहरी : सुनसरीको इटहरीबाट प्रहरीले २० केजी लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर १३ छोटी पुल नजिकवाट लागुऔषध गाँजा ओसार पसरा भई रहेको विशेष सूचनाका आधारमा खनारा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शंकाका लागि बिहीवार चेकजाँच गर्ने क्रममा धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका वडा नम्बर ५ का ६५ वर्षीय भिम लिम्बु र ख्याम लिम्बुलाई गाँजा र दुईवटा मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रहरीले शंका लागि दुई वटा मोटरसाइकल रोकेर चेकजाँच गर्दा उनीहरूको साथबाट गाजा फेला परेको जनाएको छ । पक्राउ पर्नेहरूमा धनकुटा जिल्ला भिम ख्याम लिम्बु रहेका छन्। उनीहरुले प्रयोग गरेका प्र.१–०२–०५७ प.५३२५ र को.२५ प.१४३७ का मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। सवारीसाधनसहित पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।
प्रतिक्रिया