निर्मलराज पौडेलको ‘झिलिमिली तिहारलाई’ गीत सार्वजनिक

सोमबार, २७ असोज २०८२

काठमाडौं- तिहार सबैको नजिकिएसँगै गीतकार निर्मलराज पौडेलको “झिलिमिली तिहार लाई” नामक तिहार गीत सार्वजनिक भएको छ ।

गीतमा पौडेलसहित गायिका समान्ता थापा, निरज तिमल्सीना र मनिष पौडेलले स्वर दिएका छन् । वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका छन्  भने मोहित मुनालले संगित दिएका छन् । 

गीतकार तथा गायक पौडेलले भने, “बिगत दश–पन्ध्र वर्ष अगाडि सम्म पनि तिहारको रौनक, खुसियालीको माहौल देखिने गर्दथ्यो, तर आज भोली सबै हराउदै गएको महसुस हुन थालेको छ । त्यसै कारण हाम्रा पालाका गीत, संगीत ,तथा प्रस्तुतिहरुलाई हाम्रा सन्तति हरुले पनि थाहा पाँउन्, महसुस गरुन् भन्ने उद्देश्यले गीत तयार पारेका छौं ।” 

गितमा यमपञ्चकको पाँचै दिन गरिने कर्महरु कागपुजा, कुकुर पुजा, लक्ष्मी पुजा, गाई गोरु पुजा र भाई पुजालाई पनि समेटिएको छ ।

गीतमा नेपालीहरुले तिहार मनाउने शैली, परम्परा लगायतका रमाइलो सँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार