लोसपाले पनि फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन

सोमबार, २७ असोज २०८२

सर्लाही : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

लोसपाबाट प्रदेश सरकारमा सहभागी शिक्षा, युवा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पदबाट राजीनामा दिएपछि पार्टीले समर्थन फिर्ता लिएको घोषणा गरेको हो । शर्माको राजीनामासँगै लोसपा अब सरकारबाट पूर्ण रूपमा बाहिरिएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले पार्टी निर्देशानुसार नचलेको आरोप खेपिरहेका छन् । जनमत पार्टीबाट निर्वाचित सिंहले अब भोलि (मंगलबार) दिउँसो १ बजे विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशसभाको बैठक सोही प्रयोजनका लागि आह्वान गरिएको छ ।

यसअघि नै नेपाली कांग्रेस र नेकपा (एमाले)ले सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् । अहिले एमाले र जनमतको समर्थनमा कांग्रेसले नयाँ सरकार गठनको दाबी अघि सारेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार