काठमाडौँ : भिजिट भिसा दुरुपयोग प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तथा सहसचिव तीर्थराज भट्टराईलाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
विशेष अदालत काठमाडौँले बुधबार भट्टराईलाई २५ लाख रुपैयाँ धरौटी बढीमा रिहा गर्न आदेश दिएको हो। इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठले उनलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने राय राखेका थिए भने बहुमत न्यायाधीशहरूले धरौटीमा रिहा गर्नुपर्ने मत राखेपछि सो निर्णय भएको अदालतले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा दुरुपयोगसम्बन्धी आरोपमा भट्टराईसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
प्रतिक्रिया