‘नेपाल १० वर्षमा कायापलट हुन सक्छ’

आइतबार, २८ मंसिर २०८२

भोजपुरको दावामा जन्मिएका उमेश श्रेष्ठ आफ्नो उमेरको ७ दशक बिताउने तरखरमा छन् । देशका शिक्षादेखि व्यवसाय, राजनीति र कृषि—सबै क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याइरहेका बहुआयामिक व्यक्तित्वका रूपमा परिचित श्रेष्ठ नेपाली कांग्रेसका कोषाध्यक्ष समेत हुन् । 

पछिल्लो समय खासै राजनीतिमा नदेखिएर उद्यम र उत्पादनको क्षेत्रमा होमिएका श्रेष्ठ कुरा भन्दा काम बढी गर्नुपर्ने तर्क पेस गर्दछन् । लिटल एन्जल्स स्कुलका अध्यक्ष, हिसानका संस्थापक केन्द्रीय अध्यक्ष, शिक्षासेवी, सफल व्यवसायी, पूर्व राज्यमन्त्री तथा हाल नेपाली कांग्रेसका कोषाध्यक्ष—श्रेष्ठको नाम आफैँमा एउटा ‘ब्रान्ड’ बनिसकेको छ ।

शैक्षिक क्षेत्रमा तीन दशकभन्दा बढी समय समर्पण गरेर हजारौँ विद्यार्थीलाई नयाँ सम्भावना देखाएको, राजधानीदेखि विभिन्न प्रदेशसम्म ठुलो लगानी गरेर होटेल, कृषि फर्म र उद्यमशीलताको नयाँ मोडेल प्रस्तुत गरेको र पछिल्ला वर्षमा कृषि कर्ममै रमाउन थालेको व्यक्तित्वका रूपमा उनी परिचित छन् । 

कृषि क्षेत्रको सम्भावना र अवलोकनका क्रममा उनै श्रेष्ठसँगको अनुभव, सफलता र योजनाका सन्दर्भका प्रदेशखबरले कुराकानी गरेको छ । सोही कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 

यहाँ राजनीतिकर्मी पनि हुनुहुन्छ, त्यसमाथि नेपाली कांग्रेस जस्तो इतिहास बोकेको पार्टीको कोषाध्यक्ष, पछिल्लो जेनजी आन्दोलनलाई कसरी हेर्नुभएको छ ? 

जेनजी आन्दोलन भनेको युवाहरूले परिवर्तन खोजेको हो । नेपाल भनेको यति सम्भावना भएको देश हो, यति धेरै रोजगारीको अवसर दिन सकिन्छ तर त्यो नहुँदा युवाहरूमा वितृष्णा र परिवर्तन खोजेर पनि यो आन्दोलन भएको हो ।

पार्टीहरूले चाहिँ युवाहरूको त्यो भावनामा किन सहयोग गरेको ? 

म आफू पनि नेपालमै केही गर्नुपर्छ र यही सपना देख्ने र देशकै उन्नति भएको हेर्न चाहने व्यक्ति भएको नाताले पनि नेपालमा अहिलेको ऐन, नियम, कानुन सबै परिवर्तन हुनुपर्दछ । मानिसको जीवनमा आमूल परिवर्तन गर्नका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको शिक्षा हो भनेर र त्यसमा म ४५ वर्षदेखि काम गरिरहेको छु । 

यहाँले भनेजस्तै नेपाली कांग्रेस मात्रै नभएर सबै राजनीतिक दलहरूले समय अनुकूलको शिक्षा युवा विद्यार्थीलाई दिनका लागि तयार हुनुपर्दछ । त्यसमाथि नेपाली कांग्रेस ८० वर्ष पुरानो र लोकतन्त्रलाई साथ दिने र खुल्ला बजारलाई समेत साथ दिने पार्टी हो । देश धनी नभईकन सामाजिक कामहरू पनि गर्न नसकिने भएकाले पनि नेपाली कांग्रेसले अगाडि सारेका योजनाहरूले नै अहिलेको अवस्थासम्म आएको हो । 

umesh shrestha 4

त्यसकारण सरकारले व्यापार गर्ने होइन, सरकारले राम्रो नीति बनायो भने सबै काम हुने हो । अहिलेको प्रतिस्पर्धी समयमा हाम्रो देशमा त लगानी गर्ने राम्रो वातावरण नै छैन । हामीले काम गर्नुपर्यो काम गर्ने मानिसलाई प्रोत्साहन गर्नुपर्यो । उद्योगपतिलाई फटाहा हो भन्नु भएन । 

नेपाली कांग्रेस पार्टीले पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने राम्रो नीति बनाउने कुरालाई थप जोड दिनुपर्दछ । तपाई भन्नुहुन्छ भने, नेपाल १० वर्षमा कायापलट हुने सम्भावना म देख्दछु । तर, सबैतिर बाधै बाधा आइपर्दछ । हामीले काम गर्ने वातावरण बनाउन लाग्नुपर्दछ । त्यो भनेको राजनीतिक पार्टीहरूले नै हो । 

यहाँ हाइड्रोपावरमा यति सम्भावना छ । तर, बनाउन जाँदा यति दुःख बेहोर्नु पर्दछ । स्थानीयको अवरोध देखि ऐन नियमले समेत बाधा गरिरहेको अवस्था रहेको छ । राम्रो काम गरेर देश बनाउने काममा राजनीतिक पार्टीहरू पनि लाग्नुपर्दछ । 

तपाईँले भनेजस्तो काम गर्नका लागि कांग्रेस अब कसरी तयार होला ?, अहिले त तपाईँको पार्टीमा नेतृत्वको झगडा मै दिनचर्या बितिरहेको अवस्थामा पार्टीलाई कसरी रूपान्तरण गर्न सकिएला ?

हैन, पार्टीभित्र भाग्य या कर्मले छोटो समयमै पदाधिकारी हुने अवसर पाएको हुँ । मैले त्यहाँ बसेर हेर्दै गर्दा पनि पार्टीभित्र प्रतिस्पर्धा र सहकार्य दुवै हुनुपर्दछ जस्तो मलाई लाग्दछ । पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा हुनपर्यो । योग्य मानिसलाई ठाउँ दिनुपर्यो । कांग्रेसमै पनि पढेलेखेका, योग्यता भएका मानिस कति छन् ? उनीहरूलाई ल्याउनुपर्नेमा आ—आफ्नो गुटलाई ल्याउने अवस्था चाहिँ छ । 

मैले बिचबिचमा पनि भनेको हो, यो बेलामा झगडा गर्ने बेला होइन भनेर, यो सबै भइरहँदा पनि हामीले पार्टी नै फुटको अवस्थाबाट समन्वय गरेरै अहिलेको अवस्थामा चाहिँ आई पुगेका छौँ । मेरो कुरा गर्नुहुन्छ भने त । मैले निरन्तर भनेको हुँ यो बेला जुट्नुपर्दछ भनेर । हामीले कुनै पनि निर्णय लिनका लागि यति ढिलाइ गर्नुहुन्न भन्ने चाहिँ मेरो स्पष्ट धारणा हो ।

महाधिवेशनको तालिका समेत प्रकाशित भइरहेको अवस्थामा कांग्रेस कसरी अगाडि बढ्नु पर्दछ ? 

मैरो सोच चाहिँ स्पट नै छ । हामीले अव युवा पढेलेखेका, उद्यमी सबै क्षेत्रका विषय विज्ञलाई अगाडि सार्नुपर्दछ । अहिलेको समयमा पुरानै मानिस र शैली आउने हो भने काँग्रेसलाई पनि अफ्टयारो पर्दछ । 

अहिलेको परिवर्तन अनुसारको टिकट वितरणदेखिका काम कांग्रेसले गर्नु पर्दछ । 

तपाईँको विचारमा नयाँ नेतृत्वको आवश्यकता कांग्रेसमा देखिएको हो ? 

त्यो पक्कै पनि हो । 

तपाई आफैँलाई पनि आरोप लाग्ने गर्दछ, यहाँ कुनै गुट कै कारण पार्टीको पदाधिकारी र राज्यमन्त्रीसम्म हुनुभयो भनेर ?

हैन एक हदसम्म त त्यो ठिक पनि हो । कुनै समूह नसमाईकन आफू माथि पुग्न पनि त सकिन्न नि । तर, म नेपाली कांग्रेसमा सबैको मान्छे हो । 

अर्को कुरा म पार्टीमा जितेरै पनि आएको मान्छे पनि हो । कोषाध्यक्ष पदभन्दा पनि म त कृषिमा, शिक्षामा यति सम्भावना देखेको मान्छे हुँ । सरकारले लगानी गर्नुहुन्न भन्ने पनि होइन । तर, निजी क्षेत्रलाई पनि सँगसँगै राख्नुपर्छ भन्ने मान्यताका साथ म हिँडिरहेको छु । 

umesh shrestha  2

यो मुलुकमा २ खरब भन्दा माथि शिक्षामा पैसा गएको छ । स्वास्थ्यमा उस्तै छ । तर राजनीतिले नै हामीलाई ब्याक गराइरहेको अवस्था छ । 

तपाई राजनीतिमा चाहिँ कसरी आउनुभयो ? 

हो, म राजनीतिमा त्यति रुचि नभएकै मान्छे हो । तर, संविधान बनाउँदा मैले काम गर्ने अवसर पाएँ, संविधानसभा र प्रतिनिधिसभाको सदस्य हुँदै गर्दा म राजनीतिमा होमिन पुगेको हुँ । अव म चाहिँ निर्वाचन भन्दा पनि पार्टीलाई राम्रो बनाउन लाग्छु । पार्टीको फन्ट राम्रो बनाउन लाग्छु । 

अब म राजनीतिक वेश भन्दा पनि व्यवस्थापकीय रूपमा काम गर्छु । मैले गत निर्वाचनमै राजनीतिक तिकडम कसरी हुँदो रहेछ भन्ने चाल पाएको छु । त्यसकारण पनि म काम गर्ने मान्छे हुँ, तपाई भन्नुहुन्छ नै भने म कृषि विभागमा काम गरेको मान्छे हुँ ।

तपाईँले यो भन्दै गर्दा र उमेश श्रेष्ठले राजनीतिलाई छोडेर अव कृषि क्रान्तिमा आउँदै छ भन्ने कुराहरू पनि आइरहँदा यो कुरालाई कसरी लिनुहुन्छ ?

हेर्नुस् है, हामी त ४ खरबको बाहिरबाट आएको कृषिजन्य सामान खाँदारहेछौं । आजभन्दा ३० वर्ष अगाडिसम्म त हामी निर्यात गर्दथ्यौँ धान चामल देखि लिएर हरेक कुराहरू । आधा मानिस विदेश गयो अनि बाहिरबाट आएका ४ खर्ब बराबरका कृषिजन्य बस्तु हामी रेमिट्यान्सको पैसाले खाँदा रहेछौँ । 

त्यस कारण कृषिमा चाहिँ नाम कमाउन सकिन्छ भनेर म काम गरिरहेको छु । अहिले त तपाईँको किसानले धान रोप्यो भने मल बिउको पनि प्रतिफल नआउने अवस्था छ । हामीले डेमेस्टेटिभ फामको अवधारणा अनुसार काम गरिरहेका छौँ । 

यहाँ त मान्छे चाँडो पैसा कमाउने मात्रै उद्देश्य राख्दछ । कृषिमा कामै नगर्ने अवस्था छ ।  त्यस कारण काम नै गर्नुपर्दछ भनेर उमेश श्रेष्ठ कृषिमा लागेको हो ।  

तपाईँले के राजनीतिबाट चाहिँ विश्राम नै लिन खोज्नुभएको हो ? 

म पदका लागि राजनीति गर्दिन । धेरै ठाउँमा मलाई प्रतिनिधिसभा नलड्ने ?, राष्ट्रिय सभा नलड्ने ?, समानुपातिकमा नजाने ? भनेर आइरहेको छ । तर म चाहिँ नयाँ पठाँउ भन्छु । तर ९० प्रतिशत पुरानै अनुहार देख्दछु । हामीले त नयाँलाई छोडिदिनुपर्यो क्या !

म चाहिँ पार्टीलाई राम्रो बनाउन लाग्दछु । म खर्च गरेर निर्वाचन लड्ने पक्षमा पनि छैन । निर्वाचनमा लाग्न चाहिँ मलाई दिक्क लागेको हो । म चाहिँ संस्थालाई राम्रो बनाउने पक्षमा लाग्दछु । राम्रो मान्छे भयो भने म सबै छोडिदिन तयार हो । 

नेपालमा लगानीको अवसरचाँही के मा देख्नुभएको छ ? 

हैन म चाहिँ अवसर खोज्ने मान्छे हो । शिक्षामा राम्रो प्रतिफल प्राप्त भयो । १५ वर्ष अघि जस्तो बैङ्कको क्षेत्रमा राम्रो थियो । हाइड्रो र कृषिमा राम्रो प्रतिफलको अवस्था रहेको छ । मान्छेले बुझ्न पर्यो र अवसर खोज्न चाहिँ जान्नु पर्यो फेसबुकमा नचाहिने कुरा गरेर चाहिँ अवसर भेटिँदैन । 

umesh shresth prades khabar

त्यस कारण म नेताहरूलाई पनि भन्ने गर्दछु । आर्थिक श्रोत बढाउने काम गर, उद्यमशील होऊ, बेकारका कुरा गरेर नबस । तपाई भन्नुहुन्छ भने, मैले गरेका कामको कतिपयलाई त थाहै छैन । प्रचार भनेको त एक कान दुई कान मैदान भइहाल्छ नि !

म त भन्छु अव पार्टीले पनि कार्यकर्ताका लागि आर्थिक श्रोतका बारेमा छलफल गरेर अगाडि बढ्नुपर्छ । त्यसो भयो भने कांग्रेसप्रतिको विश्वास थप बढ्दै जान्छ । हैन भने त परिवेश बद्लिँदै गएको छ । 

कृषि क्षेत्रको सम्भावनालाई चाहिँ कसरी हेर्नुभएको छ ? 

हामीले धाम मकै रोपेर पुरानो तरिकाको कृषि गरेर काम नै छैन । संसारमा कृषि क्षेत्रमा यति धेरै क्रान्ति भइसकेको छ । म त भन्छु हाइब्रिड जातको उब्जनी बाली लगाउनु पर्दछ । म देश विदेश घुम्दा पनि त्यो देखेको छु । तपाईँको चाइनामा मात्रै ७—८ देशबाट लसुन आयात भइरहेको छ । त्यसकारण अहिले हामीले लसुन, स्याउ, आँप, अम्बा, फरक फरक किसिमका एपल बयरहरू नयाँ नयाँ कुराहरूमा काम गर्ने हो । 

तपाईँको नरिवल मात्रै करौडौंको खपत हुने गर्दछ । हामीले झापा जिल्लालाई नरिवलको मात्रै जोन बनाउन सकिन्छ नि !

तपाईँले भन्दै गर्दा राज्यको कृषिप्रतिको नजरचाहिँ कस्तो पाउनुभएको छ ? 

यहाँ त सबै ठाउँलाई फेल हुनेलाई मात्रै दिने । राजनीतिक शक्तिका आधारमा पैसा दिने । ठुलो काम गर्ने उत्पादन गर्नेलाई चाहिँ प्रोत्साहन नगर्ने अवस्था यहाँ रहेको छ । 

umesh shrestha 1

यहाँ नयाँ नयाँ योजना ल्याउनेलाई सहयोग गर्नेचाँही पटक्कै छैन । सरकारले त्यो गर्नुपर्यो । कृषिमा कनिकासरी पैसा छरेको अवस्था छ । त्यसको उपयोगिता भने छैन । नीति कै कारण पनि गर्न चाहने मान्छेमा फ्रस्टेसनको अवस्था म देखिरहेको छु । 

सबैलाई जित्नेखाल्को ‘विन—विन’को पोलिसीको आवस्यक्ता रहेको छ । 

अहिले शिक्षामा देखिएको समस्यालाईचाँही कसरी समाधान गर्न सकिएला ? 


हामीले ऐनदेखि लिएर शिक्षामा ठुलो परिवर्तनको आवस्यक्ता रहेको छ । अहिले भनेको रोजगारमूलक शिक्षाको आवस्यक्ता रहेको छ । जबकि मानिसले पढ्नेवित्तिकै रोजगारीमा लाग्ने खालको शिक्षाको आवस्यक्ता रहेको छ । 

विद्यालय तहमै देशको परिस्थिति सुहाउँदो शिक्षाको आवस्यक्ता रहेको छ । पाठ्यक्रममा व्यापक परिवर्तन गरी कम्तीमा पनि माध्यमिक शिक्षा हाँसिल गर्दा केही सीप हाँसिल पनि गर्नुपर्ने आवस्यक्ता रहेको छ ।

कृषिको क्षेत्रमा यहाँले सुरु गरेको कोल्ड सेन्टरको अवधारणा र तयारी कहाँसम्म पुगेको छ ?


भाटभटेनीको मीनबहादुर गुरुङजी र मैले केही गरौँ भनेर कृषकलाई पनि लक्षित गरेर योजना ल्याएको हो । यस योजनाबाट हरेक उत्पादनको लेभलिङ, ब्राण्डिङ, गरेर देश विदेशभरि नै बेच्न सकिने अवस्था हुन्छ । 

हाम्रो नेपालमा भएको कोल्ड सेन्टरहरू कामै नलाग्ने अवस्थाको छ । हामीले सबैभन्दा राम्रो गुणस्तरको यो योजना चितवन जिल्लामा बनाइरहेका छौँ । जसमा एक हजार ट्रक सामान अट्ने हुन्छ । हामीले बनाउन लागेको स्टोर चाहिँ मल्टी चेम्बर कोल्ड स्टोर हो । 

umesh shrestha 3
 

यही अवधारणाअनुसार काठमाडौँ, भैरहवा, चितवनमा हाम्रो योजना छ । पूर्वको इटहरीमा पनि यसमा केही गरौँ भनिरहेको छौँ । 

हामी किसानलाई पनि ग्यारेन्टी दिएर जोड्दै जाने कुरामा त हाम्रो भइरहन्छ ।
 

प्रतिक्रिया

खेमराज सापकोटा
लेखकको बारेमा
खेमराज सापकोटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार