कम्युनिष्ट एकता आजको आवश्यकता हो : संयोजक दाहाल

शनिबार, १७ माघ २०८२
फाइल फोटो

काठमाडौ : नयाँ राष्ट्रिय शक्तिको आवश्यकता महसुस गरेर नै कम्युनिष्ट पार्टीबीचको एकता अगाडी बढाइएको नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्। 

 

सोलु–काठमाडौँ सम्पर्क समन्वय समितिले आज काठमाडौंमा आयोजना गरेको ‘निर्वाचन विशेष तथा बृहत् भेला’लाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रिय स्वाधिनताको रक्षा तथा वैदेशिक षडयन्त्रलाई परारस्त गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको बताएका हुन्। 

 

“विभिन्न कम्युनिष्ट पार्टी तथा सामाजवादी घटकबीच एकता गरेर राष्ट्रिय शक्ति निर्माण गर्ने र निर्वाचनमार्फत जनअपेक्षा पूरा गर्ने सङ्कल्पका साथ पार्टी एकता गरिएको हो”, संयोजक दाहालले भने । प्रचण्डले असाधारण परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवारलाई विजयी गराउन आग्रह समेत गरे ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार