काठमाडौंं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का बुबा रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
लामो समयदेखि मधुमेह साथै पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित शाहको ७७ वर्षको उमेरमा आइतबार (मंसिर १५) १२ः२० मा निधन भएको थियो ।
अस्वस्थ भएपछि उपचारका लागि नयाँ बानेश्वस्थित निजामती अस्पतालमा भर्ना भएका उनको आइतबार मध्यान्हमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो ।
आयुर्वेदिक डाक्टर समेत रहेका रामनारायणलाई श्रद्धाञ्जली दिन उच्च पदाधिकारीहरु आर्यघाट पुगेका थिए । उर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल, खेलकुदमन्त्री बब्लु गुप्ता, प्रहरी प्रमुख दानबहादुर कार्की पशुपति पुगेका थिए ।
त्यस्तै, ललितपुरका मेयर चिरिबाबु महर्जन, नेता राजेन्द्र महतोलगायत आर्यघाट पुगेका थिए । साथै, कलाकार र सामाजिक अभियान्ताहरु पनि रामनारायणलाई श्रद्धाञ्जली दिन आर्यघाट पुगेका थिए ।
रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनी अचानक अस्वस्थ भएपछि उपचारका लागि नयाँ बानेश्वस्थित निजामती अस्पतालमा लगिएको थियो ।
प्रतिक्रिया