एमाले महाधिवेशन, झापा २ का यी हुन् महाधिवेशन प्रतिनिधि

सोमबार, १५ मंसिर २०८२

झापा : नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि झापा क्षेत्र नं. २ मा ९ जना प्रतिनिधि निर्वाचित भएका छन् । 

अर्जुनधारा नगरपालिकाका मेयर वलदेव गोम्देन तामाङलाई आएको मत वदर भएपछि विवद उत्पन्न भई आइतवार विहानैबाट मत गणना स्थगित भएको थियो । पुनः शुरुबाटै मत गणना गर्ने सहमति पछि सुचारु गरिएको मत गणनाको अन्तिम मत परिणामका आधारमा सबैभन्दा बढी १७१६ मतसहित कोशी प्रदेशका खानेपानी तथा सिँचाइ मन्त्री एकराज कार्की शीर्ष स्थानमा रहँदै विजयी भए । 

त्यस्तै  झापाका एमाले झापाका अध्यक्ष प्रेम गिरी (१४६८), बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई (१५०१), अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङ (१४०६) र प्रदेश सांसद चिन्तन पाठक (१४१४) खुला तर्फबाट विजयी बनेका छन् । 

महिला तर्फ बिर्तामोडकी मेयर पवित्रा महतारा प्रसाईले १८८० मतसहित अग्रता लिँदै प्रतिनिधि बनेकी छिन् भने पवित्रा पाठक (१६५८) र सुनिता खरेल (१५८८) पनि महिला कोटाबाट चयन भए । यता  युवा तर्फ खगेन्द्रराज आङदेम्बे १४७७ मतसहित विजयी बनेको नेकपा एमाले झापाले जनाएको छ । 

झापाबाट महाधिवेशनमा खुला १९, महिला १२, युवा ५ र दलित २ जना सहभागी हुने छन् । दलित प्रतिनिधि सर्वसम्मत चयन गर्ने तयारी गरिएको जिल्ला कमिटीले जनाएको छ । 

यसअघि अन्य चारवटा निर्वाचन क्षेत्रको मत परिणामा समर्वजनिक भइसकेको छ ।  

झापा क्षेत्र नं.  १ :  ६ प्रतिनिधि निर्वाचित

खुला तर्फ — राजु पोखरेल, असारु राजबंशी, लक्ष्मी राई
महिला तर्फ — रमा भण्डारी, जानुका ओली
युवा तर्फ — दिपक बराल

झापा क्षेत्र नं.  ३ : ६ प्रतिनिधि चयन

खुला — छविलाल चुडाल, त्रिलोचन सापकोटा, बसन्त बानियाँ
महिला — कल्पना रेग्मी, शान्तादेवी खरेल
युवा — अग्निप्रसाद सापकोटा (अनिल)

झापा क्षेत्र नं. ४ : ७ प्रतिनिधि चयन

खुला — रोशन थोप्रा, रविन्द्र लम्साल, एलपी सावा, हिमबहादुर कार्की
महिला — कृष्णमाया भुजेल, गोमा रिजाल
युवा — रोशन सुबेदी

झापा क्षेत्र नं.  ५ : ७ प्रतिनिधि चयन
खुला — अम्बिका प्रसाद खनाल, शिव दुगेल, होमबहादुर थापा, तुलसी कार्की
महिला — अम्बिका देवी अधिकारी (गीता), नर्वदा उप्रेती गौतम, लिला ढुङ्गेल दाहाल
युवा — युवराज पौडेल (विवश)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार