विराटनगर : नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ कोशी प्रदेशमा यस वर्ष नयाँ पुस्ताले नेतृत्व सम्हालेको छ । प्रदेश समितिको अध्यक्षमा सीए सुशिल अग्रवाल निर्वाचित भएका छन् ।
प्रदेश समितिमा गुल्सन शर्मा सचिव, श्रीप्रसाद निरौला कोषाध्यक्ष तथा रुपा सिघान्ची र मनिष श्रेष्ठ सदस्य बनेसँगै पाँच सदस्यीय नेतृत्व टिम पूर्ण भएको छ ।
मोरङमा पनि नयाँ नेतृत्व
संघको मोरङ जिल्ला समितिमा सीए अश्विनी बंशाल अध्यक्षमा चयन भएका छन् । यसअघि बंशाल विराटनगर च्याप्टरको अध्यक्ष रहिसकेका थिए । उपाध्यक्षमा अनन्त काफ्ले, सचिवमा रोशनकुमार यादव र कोषाध्यक्षमा युवराज उप्रेती निर्वाचित भएका छन् । सञ्जय बंशाल, किन्जल पोखरेल, दिवाकर अग्रवाल र अन्कित राय सदस्य रहेका छन् ।
प्रदेशभर नयाँ टीमको पदस्थापन
विराटनगरमा आयोजित पदस्थापन समारोहमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशवराज उप्रेती, संघका केन्द्रीय अध्यक्ष अनुप नेपाल र निवर्तमान प्रदेश अध्यक्ष तिर्थप्रसाद यादवले नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा झापा र सुनसरी जिल्लाका नव–निर्वाचित पदाधिकारी एवं सदस्यहरूले पनि प्रमाणपत्र प्राप्त गरे ।
प्रतिक्रिया