निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न माग

शनिबार, १७ माघ २०८२

काठमाडौं  : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले महासंघले आगामी दिनमा राजनीतिक दलहरूले प्रस्तुत गर्ने घोषणापत्रहरू निजी क्षेत्रको संरक्षण, प्रवद्र्धन र मनोबल अभिवृद्धि केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष ढकालले निजी क्षेत्रले उठाएको विषय देशको समग्र आर्थिक विकास र समृद्धिसंग जोडिएका विषय रहेकोले भन्दै निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेटिनु पर्नेमा जोड दिएका हुन्। 

अध्यक्ष ढकालले भने हामीले उठान गरेका यी विषयहरू केवल निजी क्षेत्रको सरोकारको विषयमात्र नभई देशको समग्र आर्थिक विकास र समृद्धिसंग जोडिएका विषय रहेकोले यी विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेटिनु पर्दछ भन्ने महासंघको सुझाव छ ।’

अर्थतन्त्रमा करिब ८१ प्रतिशत योगदान र ८६ प्रतिशत रोजगारी सिर्जना गरिरहेको निजी क्षेत्र उपेक्षित हुँदा मुलुकको समग्र आर्थिक पुनरुत्थान चुनौतीपूर्ण बन्दै गएको भन्दै यही संवेदनशीलतालाई मनन गरी राजनीतिक दलहरूले देशको रोजगारदाता, सेवा प्रदायक, पूर्वाधार निर्माणकर्ता, राजश्व योगदानकर्ता एवं सम्पत्ति निर्माणकर्ता उद्यमी व्यवसायीको मनोबल उच्च राखी लगानी बढाउन निर्वाध पेशा व्यवसाय गर्न पाउने घोषणापत्र तयार पारी लागू गर्नु आवश्यक रहेको बताए ।

महासंघले राजनीतिक दलहरूलाई संविधान प्रदत्त सम्पत्तिको हकको सम्मान, निर्वाध पेशा–व्यवसायको सुनिश्चितता र नीतिगत स्थायित्व कायम हुने गरी घोषणापत्र तयार गर्न पनि आग्रह गरेको छ ।

निजी–सार्वजनिक साझेदारीमा आधारित नवप्रवर्तनमुखी, उद्दार र समावेशी आर्थिक नीति अवलम्बन हुनुपर्ने भन्दै निजी क्षेत्रको नेतृत्वमा अर्थतन्त्र अगाडी नबढाएसम्म रोजगारी र स्वरोजगारका अवसर पर्याप्त रूपमा सिर्जना हुन नसक्ने महासंघको धारणा रहेको छ अध्यक्ष ढकालले भने । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार