जेनजीहरुको आवाज कलामार्फत, संसद भवन अगाडि प्रदर्शन

आइतबार, १३ पुस २०८२
तस्विर एवम चित्रकला प्रदर्शनी

काठमाडौं : जेनजी पुस्ताले गरेको आन्दोलनको स्मृति झल्काउने तस्विर एवम चित्रकलाहरु संघीय संसद् भवन अगाडि प्रदर्शनी गरिएको छ ।  गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनलाई समेटेर तयार पारिएका तस्विर तथा चित्रकलाहरु प्रदर्शनी गरिएको हो । 

वीरगति प्राप्त गरेका जेनजी शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै फोटो प्रदर्शनी गरिएको छ । सोही क्रममा कार्यक्रम आयोजक समितिका सदस्य आयुष बस्यालले राज्य संयन्त्रले जेनजी र जनताको आवाजहरु दबाउने प्रयास गरेको भन्दै त्यसको लागि यो प्रदर्शन गरिरहेको जानकारी दिए । 

उनले भने, ‘राज्य संयन्त्रले हाम्रो आवाजहरु दबाउने प्रयास गरियो । त्यसको लागि यो प्रदर्शन गरिरहेका हौं । त्यो पद नै कस्तो हो कस्तो त्यहाँ पुगेपछि सबै एउटै हुने ।’

यस्तै, प्रदर्शनीमा सहभागी अमूल्य आचार्यले जेनजी आन्दोलनले पारेको प्रभाव र असर सबैलाई समेटेर त्यसलाई कला मार्फत देखाउन खोजेको बताइन् ।
उनले भनिन्, ‘जेनजी आन्दोलनले पारेको प्रभाव र असर सबैलाई समेटेर त्यसलाई कलामार्फत देखाउन खोजेका हौंं । यो प्रदर्शन आज २ बजेसम्म गर्छौ, यो जेनजीहरुको आवाज कलाबाट प्रदर्शन गरिरहेका छौ । आन्दोलन भएपछि पनि धेरै आवाजहरु दबिरहेका छन् । त्यसलाई कलाबाट सबै माझ ल्याउन खोजेका हौं ।’
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार