राष्ट्रिय सभाको अधिवेशन अबिलम्ब बोलाउन कांग्रेसको माग

आइतबार, १३ पुस २०८२
नेपाली कांग्रेसले राष्ट्रिय सभाकाअध्यक्ष नारायण प्रसाद दाहाललाई माग पत्र वुझाउदै

काठमाडौं : राष्ट्रिय सभाको अधिवेशन अबिलम्ब बोलाउन पर्ने नेपाली कांग्रेसले राष्ट्रिय सभाकाअध्यक्ष नारायण प्रसाद दाहालसँग माग गरेको छ ।

कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वमा गएको टोलीले आइतबार राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर नेपाली कांग्रेस संसदीय दलको निर्णयबारे जानकारी गराउँदैं राष्ट्रि सभाको अधिवेशन अबिलम्ब बोलाउन माग गरेका हुन् ।

गत पौष १० गते बसेको कांग्रेस संसदीय दलको बैठकले ‘देशमा बदलिएको राजनीतिक बिषम परिस्थीतिमा असंवैधानिक ढंगबाट प्रतिनिधि सभा विघटन भएको अवस्थामा जनताका आवाजहरु उठाउने सार्वभौम संघीय संसद अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रिय सभाको बैठक बस्न आवश्यक भएकोले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न अध्यक्षसंग माग गर्ने निर्णय गरेको थियो ।

भेटमा राष्ट्रिय सभा सदस्य कमला देवी पन्त, किरणबाबु श्रेष्ठ, बिष्णु सापकोटा र पदम परियार लगायतका सहभागी थिए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार