विराटनगर । मोरङको रंगेलीमा परालको टालीबाट खसेर एक जना वृद्धको मृत्यु भएको छ। रंगेली नगरपालिका–४ चोप्राहाका अन्दाजी ७५ वर्षीय शिवनारायण मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्थानीय असिन मण्डलको घर नजिकै रहेको बारीमा परालको टाली लगाएर झर्ने क्रममा उनी अचानक लडेर गम्भीर घाइते भएका थिए। घाइते अवस्थामा उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनासाथ बिहीबार अपरान्ह ४ः३० बजेतिर चिकित्सकले मण्डललाई मृत घोषित गरेका थिए।
घटनाबारे इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटीको नेतृत्वमा टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया