काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानी)–१ जारी गरेका छन् ।
पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछि बसेको केन्द्रीय कमिटीको पहिलो बैठक तथा दुई सचिवालय बैठकले गरेका महत्वपूर्ण निर्णय जानकारी गराउँदै कार्यान्वयनका लागि अध्यक्ष ओलीले अपानी–१ जारी गरेका हुन् ।
अपानीमा आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन केन्द्रित अस्थायी कार्यविभाजन गरिएको जनाइएको छ । पार्टीका पदाधिकारी तथा केन्द्रीय कमिटी सदस्यलाई निर्वाचनको काममा केन्द्रित रहने गरी परिचालन गर्ने नीति अनुसार जिम्मेवारी तोकिएको उल्लेख गरिएको छ ।
मुलुक निर्वाचनमा होमिएको अवस्थामा सिङ्गो पार्टी पङ्क्ति आन्दोलनकारी मनस्थितिका साथ निर्वाचनमा परिचालित हुनुपर्ने आवश्यकता औँल्याउँदै सबै केन्द्रीय सदस्यलाई आ–आफ्नो जिल्लामा निर्वाचन केन्द्रित जिम्मेवारी दिइएको जनाइएको छ । एमालेले २७७ जना केन्द्रीय सदस्यलाई निर्वाचन केन्द्रित कामको जिम्मेवारी दिएको जनाएको छ ।
यस्तो छ अपानी
प्रतिक्रिया