काठमाडौँका यी स्थानमा आज विद्युत् कटौती हुने

बुधबार, ३० पुस २०८२

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती हुने जनाएको छ। प्राधिकरणले महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका तीनवटा फिडरमा विद्युत् कटौती हुने सूचना प्रकाशित गरेको हो।

सूचनाअनुसार, गणेशस्थान, भइगाल र शिवपुरी फिडर मातहतका क्षेत्रमा बिजुली आपूर्ति अस्थायी रूपमा बन्द हुनेछ। प्राधिकरणले फिडरको भार (लोड) मिलाउन, नयाँ पासिकोट फिडर निर्माण गर्न तथा ब्रेकर र भूमिगत तार चार्ज गर्ने प्रयोजनका लागि विद्युत् कटौती गर्न लागिएको जानकारी दिएको छ।

कटौती हुने समय र स्थान:

  • गणेशस्थान फिडर: बिहान ११ः३० बजे–अपराह्न १ः३० बजेसम्म, भोटेचोक र गणेशस्थान आसपास।

  • भइगाल फिडर: बिहान ११ः३० बजे–अपराह्न १ः०० बजेसम्म, तल्लो भइगाल, धोविखोला कोरिडोर लगायतका क्षेत्र।

  • शिवपुरी फिडर: दिउँसो १ः००–२ः०० बजे, बुढानीलकण्ठ नगरपालिकाको पासिकोट, च्यासिङडोल लगायतका क्षेत्र।

प्राधिकरणले जनाएको छ कि तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा विद्युत् आपूर्ति सो समयभन्दा पहिले नै नियमित हुने छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार