दुहबीमा सशस्त्रका सहायक हवल्दार झुन्डिएको अवस्थामा फेला

शुक्रबार, २८ कार्तिक २०८२

विराटनगर : सुनसरीको दुहबीमा शुक्रबार दिउँसो झुन्डिएको अवस्थामा भेटिएका सशस्त्र प्रहरीका सहायक हवल्दार तनेस चौधरीको मृत्यु भएको छ।

सुनसरी बर्जु गाउँपालिका–५ घर भइ दुहबी नगरपालिका–८ सोनापुरमा डेरा गरी बस्दै आएका ३८ वर्षीय चौधरी डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका थिए। डेरा बसेकै घरको कोठामा झुन्डिएको देखेपछि स्थानीयले डोरी काटेर उनलाई तत्काल मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्‍याएका थिए।

अस्पतालमा पुर्‍याएको केही समयमै चिकित्सकले चौधरीलाई मृत घोषित गरेको सुनसरी प्रहरी प्रमुख एसपी केशव थेवेले जानकारी दिए। चौधरी भक्तपुरमा कार्यरत सहायक हवल्दार थिए। उनी कहिले बिदामा आएका थिए भन्ने विषय भने खुलेको छैन।

प्रारम्भिक अनुसन्धान अनुसार परिवारसँगको सामान्य विवादपछि उनले आत्महत्या गरेको आशंका प्रहरीले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको एसपी थेवेले बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार