कांग्रेसमा निर्णायक मोड: देउवा निवासमा बैठक सुरु, एकता कि नेतृत्व चयन?

बुधबार, ३० पुस २०८२

काठमाडौँ : काङ्ग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगन्जमा सुरु भएको छ।

भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन जारी रहँदा देउवाले अन्तिम निर्णय निकाल्नका लागि बैठक बोलाएका हुन्।

अन्तिम निर्णय निकाल्ने तयारीसहित बोलाइएको बैठकमा देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बोलाएका छन्।

संस्थापन पक्षधरका बालकृष्ण खाँण र रमेश लेखक, साथै शेखर पक्षका मिनेन्द्र रिजालसहितका नेताहरू देउवा निवास महाराजगन्जमा पुगेसँगै बैठक सुरु भएको हो।

मङ्गलवार दिनभरि विभिन्न चरणमा भएका वार्ताहरू निष्कर्षविहीन भएका थिए। राति अबेरसम्म वार्ता भए पनि नेतृत्व परिवर्तनको विषयमा सहमति नहुँदा वार्ता निष्कर्षविहीन बनेको थियो। विशेष महाधिवेशन पक्षधर र वार्तामा सहभागी नेता गुरुराज घिमिरेले भने, “बिहानसम्म चमत्कार भयो भने पार्टी एकता सम्भव छ, नभए नेतृत्वको निर्णय हुनेछ।”

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार