झापामा कारको ठक्करबाट ३५ वर्षीय युवकको मृत्यु

बुधबार, ३० पुस २०८२
Filephoto

झापा । झापाको कनकाई नगरपालिकामा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। हिजो (मंगलबार) राति करिब ८:३० बजेको समयमा कनकाई नगरपालिका–४ स्थित कोटिहोम माई पुल नजिक पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो। 

प्रहरीका अनुसार तत्काल नम्बर नखुलेको सेतो कारले विपरीत दिशाबाट आउँदै गरेको BAAB 6126 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक कनकाई नगरपालिका–४ निवासी ३५ वर्षीय कमल पराजुलीको टाउकोमा गम्भीर चोट लागेको थियो।

घाइते पराजुलीलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको भए पनि राति ९:२० बजे चिकित्सकले जाँच गर्ने क्रममा मृत घोषणा गरेका थिए। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ। दुर्घटनापछि ठक्कर दिने कार फरार रहेको र त्यसको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार