इटहरी । सिटिई भिटीबाट मान्यता प्राप्त नब दृष्टि आइ हस्पिटलले सञ्चालन गरेको जुनियर अप्टिकल डिस्पेन्सर कार्यक्रमअन्तर्गत ३९० घण्टाको छोटो अवधिको तालिम सम्पन्न भएको छ।
२०८२ श्रावण १ गतेदेखि पौष ३० गतेसम्म सञ्चालन गरिएको तालिमको समापनका अवसरमा अस्पताल परिसरमा दीक्षान्त समारोह आयोजना गरिएको हो।
तालिममा पुरुषोत्तम दाहाल, शिवानन्द मेहता, सीता लिम्बु, दिल माया लिम्बु, सबिना राई, नवीन चौधरी, पिंकी चौधरी र सुस्मिता चौधरी सहभागी थिए। दीक्षान्त समारोहमा सहभागी प्रशिक्षार्थीहरूलाई आगामी सीप परीक्षणका लागि अग्रिम शुभकामना प्रदान गरिएको अस्पतालले जनाएको छ।
तालिम सञ्चालनमा अप्टोमेट्रिस्ट विवेक चौधरी, कमल साह र राकेश थापाले प्रशिक्षण दिएका थिए भने सम्पूर्ण तालिम व्यवस्थापन ऋषि रञ्जन चौधरीले गरेका थिए। अस्पतालका अनुसार छोटो अवधिको यो तालिमले अप्टिकल सेवामा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुर्याउने अपेक्षा गरिएको बताइएको छ।
यस ३९० घण्टा अवधि भएको तालिममा प्रयोगात्मकको लागि दैनिक ७ घण्टा अप्टिकल विभागमा प्रशिक्षार्थी प्रशिक्षणको लागि राखिएको थियो साथै अस्पतालले विस्तार गर्न लागेको आँखा उपचार केन्द्रहरूमा चस्मा बनाउने, मर्मत तथा वितरणको लागि यी दक्ष जनशक्तिलाई अस्पतालले नियुक्ति गर्ने जानकारी गराएको छ ।
प्रतिक्रिया