नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा पार्टी एकता जोगाउन लचक बन्दा काँग्रेसका नेता कार्यकर्तामा उत्साह बढेको छ । सस्थापन पक्ष र विशेष महाधिवेशन पक्षका रुपमा काँग्रेसभित्र विवाद बढी रहेको समयमा सभापति देउवा र महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माविच भएको वार्तामा देउवाले देखाएको लचकताले काँग्रेस नेता कार्यकर्तालाई उत्साहित बनाएको हो ।
काँग्रेसका दुवैतर्फका नेता कार्यकर्ताहरु पार्टी विभाजन हुने होकी भनेर चिन्तामा रहेको समयमा देउवाले आफुले पार्टी बचाउनका लागि हिजो पनि योगदान गरेको र आजपनि तयार रहेको भन्दै पार्टी एकताका लागि आफु त्याग गर्न तयार रहेको वताएको प्रकाशमा आएसंगै नेता कार्यकर्तामा उत्साह थपिएको हो ।
देउवा निवास महाराजगंजमा विहान सभापति देउवा र महामन्त्रीद्धय थापा र शर्माविच छलफल र वार्ताका देउवाले पार्टी एकतामा जोड दिएका थिए । त्यसका लागि आफु जस्तो सुकै त्याग गर्न तयार भएको संकेत देउवाले गरेपछि काँग्रेसजनमा उत्साहित बढेका छन ।
सस्थापन पक्ष र विशेष महाधिवेशन पक्ष दुवैले आ आफनो हठ नत्यागे पार्टी विभाजन हुने हो कि भनेर दुवै तर्फका नेता कार्यकर्तामा चिन्ता कायम रहेको थियो । दुवै तर्फबाट पार्टी एकता जोगाउनु पर्ने कुरालाई आत्मसात गरेपनि आआफनो अडान नछोड्दा भने काँग्रेसजनमा पार्टी फुट्ने चिन्ता कायम रहेको थियो ।
यसैविच आइतवार देखि सुरु भएको विशेष महाधिवेशनको कार्य तालिका परिवर्तन गर्दै नेतृत्वकर्ता महामन्त्रीद्धयले सस्थापन पक्षसंग वार्ता र छलफल बढाएपछि काँग्रेसजनमा एक किसिमको उत्साह पलाएको छ । सोही क्रममा आज विहान देउवा र महामन्त्रीद्धय विचको छलफल र वार्तामा देउवाले आफु पार्टी एकता जोगाउन त्याग गर्न तयार रहेको वताएपछि दुवै तर्फबाट पार्टी एकताका लागि उपाय खोज्ने कार्य सुरु भएको छ ।
देउवाले आफुले आसन्न निर्वाचनका लागि सभापतिका तर्फबाट गरिरहेका कार्यहरुका विषयमा जानकारी गराउदै निर्वाचन अघि नेतृत्व परिवर्तन गर्न मिल्छ मिल्दैन कानुनी परार्मश गर्नू पर्ने वताएपछि महामन्त्रीद्धय कानुनी परामर्शमा जुट्दा काँग्रेसजनमा उत्साह मौलाएको छ । विशेष महाधिवेशन पक्षले विशेष महाधिवेशनलाई अघि वढाउदै वार्ता र सम्वाद समेत थालेको छ ।
काँग्रेसका दुवैतर्फका नेता कार्यकर्ताहरु पार्टी विभाजनको विपक्षमा रहेको र एकताका लागि छलफल र वार्ता जारी गरेका कारण पार्टी एकता अझ मजवुत रुपमा हुने विश्वास साथै देउवा र महामन्त्रीद्धयविचको सहमतिको प्रतिक्षामा रहेका छन्।
प्रतिक्रिया