काठमाडौँ : नेपाली काँग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षबिच आज वार्ता हुँदै छ।
विशेष महाधिवेशनको टोलीमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी हुनेछन्।
संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण वार्तामा सहभागी हुने जानकारी प्राप्त भएको छ। तर सभापति शेरबहादुर देउवा हालसम्म विशेष महाधिवेशनमा उपस्थित भएका छैनन् र निकटस्थ मार्फत यसलाई मान्यता नदिने सङ्केत दिइरहेका छन्।
विशेष महाधिवेशनका प्रतिनिधिहरूको अनुमान अनुसार ५१ प्रतिशतभन्दा बढीले तत्काल नीति र नेतृत्व परिवर्तनमा जोड दिएका छन्। संस्थापन पक्षको बेवास्ता भए आगामी निर्वाचन प्रक्रिया आजैदेखि सुरु गर्ने चेतावनी समेत आएको छ।
वार्ताको समय र स्थान भने अझै तय भएको छैन। नेताहरूका अनुसार यो वार्तापछि विशेष महाधिवेशन कसरी अघि बढाउने भन्ने टुङ्गो लाग्नेछ।
प्रतिक्रिया