काठमाडौँ : नेपाल प्रहरीका १६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।
सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो। बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा डीएसपी पुष्पराज मल्ल रहेका छन्।
बढुवा सिफारिस हुने अन्य डीएसपीहरूमा धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार विक्रम थापा, बुद्ध श्रेष्ठ, मानबहादुर राई, मोहनबहादुर खाण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, रामकुमार दानी र छेदीलाल कामती रहेका छन्।
यसैगरी, हरिबहादुर ओली, प्रदीप कुमार सिंह र दिपक भारतीलाई पनि एसपी पदमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रतिक्रिया