इटहरीका कमल तिम्सिना नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को केन्द्रीय सदस्यमा विजयी

मंगलबार, २९ पुस २०८२

काठमाडौँ : नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को २०औँ साधारणसभा तथा अधिवेशनमा कोशी प्रदेशबाट कमल तिम्सिना केन्द्रीय सदस्य पदमा विजयी भएका छन्।

दुई दशकभन्दा बढी समयदेखि शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित र व्यावसायिक बनाउन सक्रिय रहँदै आएका तिम्सिनाले साझा उम्मेदवारका रूपमा आफ्नो उम्मेदवारी दिएका थिए।

 परामर्श क्षेत्रमा निरन्तर, जिम्मेवार र परिणाममुखी भूमिका निर्वाह गर्दै आएका तिम्सिनाले केन्द्र र शाखाबीचको दूरी घटाउने र नीति निर्माणमा शाखाको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने आफ्नो प्राथमिकता रहेको बताएका छन्।

उनी विजय पश्चात् शाखामा देखिने समस्या र चुनौतीहरू केन्द्रसम्म प्रभावकारी रूपमा पुर्‍याउने र केन्द्रबाट सिर्जना हुने अवसर, नीति तथा व्यावसायिक सम्भावनालाई देशभरका शाखासम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तिम्सिनाले आगामी दिनमा शैक्षिक परामर्श व्यवसायलाई कानुनी, नैतिक र गुणस्तरीय ढाँचामा अघि बढाउने, सदस्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने, आचारसंहिता कार्यान्वयन गर्ने र तालिम तथा नीतिगत दिशानिर्देशनमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

यसैबीच, नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्र्यू) विजयी भएका छन्। सोमबार सम्पन्न साधारणसभाले उनलाई आगामी दुई वर्षका लागि अध्यक्ष निर्वाचित गरेको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार