इटहरी : नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान), पूर्वाञ्चलको अध्यक्षमा रवि गुप्ता चयन भएका छन्। इटहरीस्थित सोल्टी वेस्टेन्डमा आयोजित ५औँ अधिवेशन तथा ९औँ वार्षिक साधारणसभाबाट उनी अध्यक्षमा चयन भएका हुन्।
समितिको उपाध्यक्षमा दुर्लभ कार्की, सचिवमा गोपाल निरौला तथा कोषाध्यक्षमा कविता पाण्डे चयन भएकी छन्। यसैगरी सदस्यमा अनुभव दाहाल, जुगल चौधरी, आशुतोष झा, किरण राई चयन भएका छन्। ९ सदस्यीय समितिमा निवर्तमान अध्यक्ष रवीन्द्र निरौला रहेका छन्।

कार्यक्रमको उद्घाटन सङ्घका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले गरेका थिए। कार्यक्रममा शिक्षा मन्त्रालयका शैक्षिक प्रमाणीकरण शाखाका प्रमुख सेमन्त कोइराला, सामाजिक विकास मन्त्रालय कोशीका शिक्षा महाशाखा प्रमुख दामोदर फुयाँल, निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, सङ्घका प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल, द्वितीय उपाध्यक्ष भुवन क्षेत्री, महासचिव दीपकराज भुसाल, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरिया, रुपन्देही अध्यक्ष गोविन्द बस्नेत, मकवानपुरका अध्यक्ष बेलप्रसाद खतिवडा, झापाका अध्यक्ष राज कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमका क्रममा केन्द्रीय अध्यक्ष भट्टराईले शैक्षिक परामर्श सङ्घलाई व्यवस्थित बनाउन सरकारी तवरबाट गरिएको प्रयास सकारात्मक रहेको बताएका छन्।
उनले परामर्श व्यवसायलाई नन–प्रेस्टिजियस व्यवसायको रूपमा चित्रित गर्न केही भाष्यहरू निर्माण हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। २०७२ सालमा तदर्थ समिति निर्माण गरी स्थापना भएको सङ्घमा हालसम्म ३ जनाले कार्यकाल बिताइसकेका छन्।

कार्यक्रममा २ वर्षको निरौला नेतृत्वको कार्यकाल संस्थागत रूपमा बलियो बनाएको र आर्थिक पक्षलाई समेत सबल बनाएर उत्कृष्ट रहेको भन्दै सङ्घका तर्फबाट बोल्ने वक्ताहरूले प्रशंसा गरेका थिए।
सङ्घ पूर्वाञ्चलका निवर्तमान अध्यक्ष प्रकाश लकान्द्रीलाई संस्थामा महत्त्वपूर्ण योगदान दिएबापत दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै संस्थाका १० जना आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो।
_Ypq9pMZifp.jpg)


_tvtnKKrp8K.jpg)



_10jHPZc0vl.jpg)








_TFBglt4pUZ.jpg)





_tErgPAyRgT.jpg)

_1Fx6TEpOgy.jpg)


_BDlwV7VCOE.jpg)










_RMylWAqGHe.jpg)

प्रतिक्रिया