काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सुदूरपश्चिमको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने लगायतका माग राखी आमरण अनशनमा बसेका अछामका मदन बुढाको अनशन तोडाएका छन्।
बुढा चार दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा विभिन्न तीनबुँदे मागसहित अनशनरत थिए। गृहमन्त्री अर्याल स्वयं अनशनस्थल पुगेर बुढालाई पानी पिलाउँदै अनशन तोडाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
अनशन तोड्ने क्रममा गृहमन्त्री अर्यालले पीडितको निवेदन आइसकेकाले दोषीहरूलाई छानबिन गरी कानूनी कारबाहीको दायरामा ल्याइने आश्वासन दिएका छन्।
प्रतिक्रिया